५ आश्विन २०८१, शनिबार | September 21, 2024

ओली देशलाई मध्यावधिमा धकेल्ने खेलमा


1.1k
Shares

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपनिर्वाचनको नतिजाले हौसिएका छन् । इलाममा एमालेले सुभाष नेम्वाङले २०७९ मंसिर ४ मा भएको चुनावमा जितेको क्षेत्रमा जित मात्र हासिल गरेन प्रतिद्वन्द्वीभन्दा मतान्तर विगतको तुलनामा बढाउन सक्यो ।

बझाङको क्षेत्र नं १ को प्रदेश १ मा पनि एमालेले काँग्रेसले जितेको सिटमा बाजी मार्न सक्यो । ओली मिसन ८४ भन्दै आएकामा त्यो भन्दा अगाडि नै चुनाव गराउन सकेमा ठूलै सफलता हात लाग्ने दाउमा छन् । त्यसैले उनले सत्ताको रोचक खेल खेलिरहेका छन् ।

ओलीले जसपा, नेपाल फुटाएको चर्चा चलिरहेको छ अहिले । उनको खेलले रवि लामिछानेको लोकप्रीयता घट्दै गएको छ । नागरिक उन्मुक्ति पार्टीमा पति पत्नीको झगडा चर्किने गरी रणनीति चाले । यसरी जातीय, साम्प्रादायिक र क्षेत्रीय मुद्दा बोकेका दलहरु या त कमजोर भए या त फुट्न थाले ।

अहिलेको फुट र विवादले साना दलहरु छिन्नभिन्न हुँदैछन् । यसले कसैको पनि सरकार गठन गर्न बहुमत नपुग्ने अवस्था आउन सक्छ । यो भनेको देश मध्यावधिमा धकेलिनु हो । ओली यही चाहन्छन् ।

ओलीले २०७४ को चुनावपछि पनि मध्यावधिको प्रयास गरेका थिए । उनले दुई पटक संसद विघटन गरी मध्यावधिमा लान खोजे देशलाई । तर, अदालतको आदेशले देश मध्यावधिमा जानबाट रोकियो ।

ओली अहिले पनि योजनावद्ध तरिकाले मध्यावधिमा देशलाई धकेल्ने खेलमा छन् । उनको रणनीति यही अन्तर्गत चलिरहेको देखिन्छ ।

प्रतिक्रिया