३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड माधव नेपालसँग सशंकित, सरकार ढाल्न को को लागे


1.1k
Shares

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री प्रचण्डले शनिबार सार्वजनिक रुपमै सरकार ढाल्ने खेल भइरहेको संकेत गरे । उनले सत्ता समिकरण भत्काउने खेल भइरहेको बताएर राजनीतिक तरंग ल्याइदिएका छन् ।

प्रचण्ड यतिबेला निकै सशंकित छन् सत्ता समिकरणको साझेदारहरुसँग । विशेषगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अभिव्यक्तिले प्रचण्ड सशंकित बनेका हुन् । नेपालले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री आफ्नो दलका नेतालाई दिलाए । तर, त्यहाँ विश्वासको मत दिने विषयमा खटपट छ ।

नेपालले प्रचण्ड सरकार ढाल्न भूमिका खेलिरहेको खुल्दै गएको छ । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल चलाएका छन् । राप्रपा साथमा आएमा प्रचण्ड सरकार ढल्न सक्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि माधव नेपालसँग रुष्ट छन् । उनले नेपालमाथि व्यङ्ग्य गरिरहेका छन् । नेपाल पनि आफू प्रधानमन्त्री बन्ला भनेर ओलीलाई छटपटाहट भएको बताइरहेका छन् ।

अहिले सरकार ढाल्ने खेलमा माधव नेपाल मुख्य गरी सक्रिय छन् । देउवा त भित्र भित्र सरकार ढाल्ने खेलमै छन् ।

विशेषगरी प्रचण्ड माधव नेपालसँग बढी सशंकित छन् । १० सिट भएपनि नेपाल नेतृत्वको नेकपा एस निर्णायक शक्ति बन्दै गएको छ । यसले पनि घटनालाई नयाँ मोड दिएको छ ।
सरकार ढाल्ने खेलमा भित्र भित्र ओली पनि देखिएका छन् । उनी आफू प्रधानमन्त्री बन्ने परिस्थिति विकास भएमा प्रचण्डलाई धक्का दिन सक्छन् ।

काँग्रेस र एमालेबीच आलोपालो एकलौटी सरकार चलाउने बारे पनि छलफल नभएको होइन । तर, यो बोलीमै सिमित छ । यी दुई दलको टकरावको लाभ प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवहरुले लिइरहेका छन् ।

प्रतिक्रिया