प्रधानमन्त्री प्रचण्डसँग भारतका महालेखापरीक्षकले भेटे

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री प्रचण्डसँग भारतका महालेखापरीक्षक गिरिश चन्द्र मुरमुले भेटवार्ता गरेका छन् । बिहिबार सिंहदरबारमा भएको भेटमा दुई देशका महालेखापरीक्षकको कार्यालयबीच भएको सहयोग आदानप्रदानबारे मुरमुरले जानकारी गराएका थिए ।
दुई देशको सार्वजनिक क्षेत्रको लेखापरीक्षणबारे भएको सम्झौतापत्रको हस्ताक्षरबारे पनि मुरमुरले जानकारी गराएका छन् । भेटका क्रममा भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवलगायत पनि सहभागी थिए । मुरमुर नेपालको भ्रमणमा छन् ।