१० भाद्र २०८२, मंगलबार | August 26, 2025

जनता मालिक हुन् भेडा होइनन्ः भीम गौतम


5.1k
Shares

काठमाडौं,२० वैशाख । नेपाली कांग्रेसका युवा नेता भीमकुमार गौतमले लोकतन्त्रमा जनता सर्वेसर्वा हुने बताएका छन् । लोकतान्त्रिक पद्धतीमा जनता भेडा नभइ मालिक हुने उनको भनाइ छ ।

आज एक विज्ञप्ती जारी गर्दै गौतमले इलाम–२ मा गत वैशाख १५ भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिंदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमालेका उपाध्यक्ष सुबास नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यको पदका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु पराजित भएपछि ‘इलामेली जनता भेडा’ भन्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरुले ट्रोल गरिरहेका छन् । तर कांग्रेस नेता गौतम जनताको निर्णय सधै सहि हुने बताउँछन् ।

सोही विषयमा कटाक्ष गर्दै नेता गौतमले लखेका छन् ‘हामीले चाहेको लोकतन्त्र यही हो । हाम्रो लागि जनता मालिक हुन्,जनता हाम्रा लागि भेडा हुन सक्दैनन् ।’

 

प्रतिक्रिया