१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इन्दिरा गान्धीले विमानमा यात्रा गरिरहेका शरद पावरलाई मुख्यमन्त्रीबाट बर्खास्त गरेको त्यो इतिहास


498
Shares

सत्तरीको दशकमा इन्दिरा गान्धी सर्वाधिक शक्तिशाली बनिन् भारतमा । उनले जे चाहन्थिइन् त्यही हुन्थ्यो । उनको आदेश नमान्ने कुनैपनि बेला पदबाट हटाइन्थ्यो कँग्रेस आईभित्रै । यस्तै भयो एउटा घटनामा ।

सन् १९७८ मा शरद पावर सबैभन्दा कम उमेरको मुख्यमन्त्री बने । उनी त्यतिबेला कँग्रेस आईमा थिए । सत्तामा पुगेपछि पावरले आफूलाई निकै प्रभावशाली ठान्न पुगे ।

त्यतिबेला सञ्जय गान्धी बारम्बार मुम्बई गइरहन्थे । सञ्जयको मुम्बई यात्रा रहस्यमय हुन्थ्यो । उनको कतिपय फिल्मी कलाकारसँग मधुर सम्बन्ध पनि थियो ।

जब सञ्जय मुम्बई पुग्थे पावर भन्दा अघिका मुख्यमन्त्री उनलाई स्वागत गर्न एयरपोर्टमै पुग्थे । तर, पावर पुगेनन् । सञ्जय पावरसँग असन्तुष्ट भए । उनले इन्दिरासँग पावरलाई हटाउन भने । इन्दिराले पावरलाई दिल्ली बोलाइन् ।

पावरले दिल्लीमा पुगेर इन्दिरा गान्धीलाई भेटे । गान्धीसँग उनको के कुरा भयो अझै खुलेको छैन । पावर विमान चढे । उनी विमान चढ्दासम्म मुख्यमन्त्री नै थिए । जब ओर्लिए तब मुख्यमन्त्रीबाट हटिसकेका थिए । भारतको सञ्चारमाध्यमले पावरलाई बर्खास्त गरिएको सूचना दिइसकेका थिए । पावरमाथि शान्तिसुरक्षा कायम गर्न नसकेको आरोप थियो ।

इन्दिरा गान्धीले १२ वर्षमा ३५ पटक विभिन्न राज्यमा राष्ट्रपति शासन लगाइन् । कँग्रेस आईको पालामा १९८० देखि १९८४ सम्म भारतमा १५ पटक राष्ट्रपति शासन लागू गरियो । कुल मिलाएर कँग्रेस आईले ५० पटक राष्ट्रपति शासन लगाएको तथ्यांक छ ।

रोचक त यो छ कि भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि एकपटक पनि राष्ट्रपति शासन कुनै राज्यमा लागू भएन । मोदीले १० वर्ष प्रधानमन्त्री हुँदा कुनै राज्य सरकार बर्खास्त नगरी र राष्ट्रपति शासन पनि नलगाई इतिहास रचेका छन् । एजेन्सीको सहयोगमा

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया