१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड सरकार ढाल्ने कि बचाउने निर्णायक लिङ्देन


1.1k
Shares

काठमाडौं, २० वैशाख । अहिले चलिरहेको सत्ता ढाल्ने खेल सही गतिमा बढेमा प्रचण्ड नेतृत्वको सरकार ढल्ने भएको छ । त्यसका लागि संसदको अंकगणित मिलाउने खेल चलिरहेको छ ।

प्रचण्ड सरकार ढाल्ने तयारीमा छन् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई आश्वस्त पारिसकेका छन् । तर, अंकगणित मिल्न राप्रपाको समर्थन अनिवार्य छ ।

एमाले, माओवादी केन्द्र र रास्वपालाई बाहिर राखेर सरकार बनाउन काँग्रेस, जसपा, नेकपा एस, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाको साथ अनिवार्य रहन्छ । काँग्रेस सरकार ढाल्न सक्रिय रहेकै छ । माधव नेपाल सरकार ढाल्ने तयारीमा छन् । उपेन्द्र यादव पनि ग्रीन सिग्नल कुरिरहेका छन् ।

राजेन्द्र लिङ्देन तयार रहेमा प्रचण्ड सरकार ढल्न सक्छ । तर, लिङ्देनलाई फकाउन केपी ओली सक्रिय छन् । यसकारण पनि उनी निर्णायक शक्ति बन्दै गएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया