५ आश्विन २०८१, शनिबार | September 22, 2024

सन्दीप लामिछानेद्वारा ‘आफूविरुद्ध षड्यन्त्र’ गर्नेको पोल खोल्ने चेतावनी


1.2k
Shares

काठमाडौं, २० वैशाख । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कारको घटनामा फसाइएको भन्दै त्यसमा संलग्नहरुबारे खुलासा गर्ने चेतावनी दिएका छन् । उनले बुधबार साँझ स्टाटस लेख्दै एक एकको पोल खोल्ने चेतावनी दिएका हुन् ।

विश्वकप खेल्ने टोलीको नाम घोषणालगत्तै सन्दीपले आक्रोश पोख्दै सम्मानित अदालतको फैसलाको सम्मान गर्ने तर आफूलाई फसाउनेहरुको नाम चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भनेका छन्, म सम्मानित अदालतको आदेशको सम्मान गर्छु तर यो बाचा पनि गर्छु कि यो षड्यन्त्रमा सहभागी एक एक व्यक्तिको पोल खोल्छु ।

विश्वकप खेल्ने टिमको घोषणा अघि नै आफ्नो मुद्दाको फैसला हुनेमा सन्दीप आशावादी थिए । तर, पेशी सार्दै लगेर फैसला पछि धकेलिएको छ ।

सन्दीपमाथि एक युवतीले बलात्कारको आरोप लगाएपछि अदालतले उनलाई दोषी ठहर गरेको छ । तर, युवतीको उमेरको विषयमा भने अझै स्पष्ट भएको छैन ।

प्रतिक्रिया