३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

यो सुन्दर जोडीको बिछोड


3.3k
Shares

काठमाडौं, १७ वैशाख । यो सुन्दर जोडीको अब बिछोड भएको छ । यो जोडी हो माइतीघर चलचित्रका नायक सीपी लोहनी र नायिका माला सिन्हाको ।

यो जोडीमध्ये सीपी लोहनीको निधन भएको छ । लोहनी नायक मात्र नभई गायक र रघुपति मिलका प्रबन्ध निर्देशक समेत भइसकेका व्यक्तित्व हुन् ।

८६ वर्षीय लोहनी निमोनिया भएपछि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएका थिए । उनको सोमबार दिउँसो निधन भएको हो ।

लोहनीकी पत्नी माला सिन्हा बलिउडकी लोकप्रीय कलाकार हुन् । उनकी एकमात्र छोरी प्रतिभा सिन्हाले पनि बलिउडमा चर्चित गीतमा नृत्य गरेकी छिन् ।-तस्बिरः एसपी कोइरालाको फेसबुक वाल

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया