इलाम २ मा काँग्रेसका डम्बर खड्का अगाडि

काठमाडौं, १६ वैशाख । इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना चलिरहेको छ । मतगणनामा सुरुवात देखि नै नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले पछ्याइरहेका छन् ।
खड्काले ११५५ मत ल्याउँदा नेम्वाङको १०६३ मत छ । नेम्वाङ पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङका छोरा हुन् ।
धरानका मेयर हर्क साम्पाङको समर्थनमा पहिचानवादीको रुपमा मैदानमा रहेका डेकेन्द्र सिंह लिम्बू ३१३ मतले तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बू २११ मतले चौथो स्थानमा छन् ।