१२ पुस २०८१, शुक्रबार | December 27, 2024

अख्तियारका कम्युटर इन्जिनियर सुरज अर्याल यसकारण सीआइबीद्वारा पक्राउ


747
Shares

काठमाडौं, १६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालैमात्र सरुवा भएका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०ले उनलाई पक्राउ गरेको हो ।

सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ परेका हुन् । उनको सूचना प्रविधि विभागबाट हालै अख्तियारमा सरुवा भएको थियो । उनलाई अख्तियारमा लानुमा ठूलै उद्देश्य लुकेको थियो । आइटीसम्बन्धी कतिपय भ्रष्टाचार मुद्दा मिलाउन अर्याललाई अख्तियारमा घुसाइएको थियो ।

यसअघि यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ परिसकेका छन् । भट्टको करार अवधि भने थप गरिएको छैन । उनीसँगै अनुसन्धानका लागि अख्तियारमा सरुवा भएका इन्जिनियर अर्याल पक्राउ परेका हुन् ।

सिआईबीका प्रवक्ता होबिन्द्र बोगटीले नक्कली लाइसेन्स प्रकरणमा दुई जना पक्राउ गरिएको पुष्टि गरे । यातायात व्यवस्था विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग हुँदै कम्प्युटर इन्जिनियर अर्यालको हालै अख्तियारमा सरुवा भएको हो । नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको अनुसन्धान तामेलीमा लान उनलाई गिरोहले अख्तियारमा सरुवा गराएको दाबी गरिएको हो । यसबारे नेपाली पेनले खबर प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया