२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मह कहिल्यै बिग्रदैन,हजारौं वर्षसम्म सुरक्षित रहन्छ (भिडियोसहित)


415
Shares

काठमाडौं,९ वैशाख । संसारमा धेरै चीजहरू छन् जुन रोचक र अचम्मलाग्दो पनि छन्। जस्तै मह संसारको एक मात्र खानेकुरा हो जुन कहिल्यै बिग्रदैन। हजारौं वर्षसम्म सुरक्षित रहन्छ। धेरै खोजको क्रममा, वैज्ञानिकहरूले इजिप्टको पुरातन चिहानहरूमा हजारौं वर्ष पुरानो मह फेला पारेका छन्, जुन अझै बिग्रिएको छैन। आज हामी तपाईलाई केहि रोचक र अचम्मलाग्दो तथ्यहरु बताउन गइरहेका छौँ जसको बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

तपाईले धेरै पटक पानीको बोतल किनेको र त्यसमा एक्स्पायरी डेट लेखिएको देख्नुभएको होला तर के तपाईलाई थाहा छ बोतलमा लेखिएको एक्सपायरी डेट पानीको होइन बोतलको हो । पानी पटक्कै बिग्रदैन ।

शुतुरमुर्ग उड्न नसक्ने चरा हो। यो सबैभन्दा ठूलो जीवित चरा प्रजातिहरू मध्ये एक हो र पोथी शुतुरमुर्गले अन्य जीवित चरा प्रजातिहरूको तुलनामा सबैभन्दा धेरै अण्डा दिन्छ। शुतुरमुर्गको आँखा उसको मस्तिष्क भन्दा ठुलो हुन्छ भन्ने तपाईलाई सायदै थाहा होला ।

आज चीनले कुङफुको कलामा निपुणता हासिल गरिसकेको भएतापनि यो कला सिकाउने एक भारतीय थिए जसको नाम बोधिधर्म थियो । उनलाई बोधिधर्मन पनि भनिन्छ। भनिन्छ कि उनी बुद्ध धर्म फैलाउन चीन गएका थिए, जहाँ उनले धेरैलाई आफ्नो शिष्य बनाएर प्राचीन युद्ध कला ‘कलारी पट्टु’ सिकाए । पछि स्थानीय भाषामा केही परिवर्तनका साथ यो ’कलारी पट्टु’ को नाम कुङ–फु राखियो।

तपाईंले विश्वको सबैभन्दा ठूलो माछा मध्येको एक ह्वेल देख्नु भएको होला। यद्यपि तिनीहरूको वजन लगभग १४०० किलोग्राम छ, तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि सयौं टन वजनको नीलो व्हेलको मुटुको वजन लगभग १८१ किलोग्राम हुन्छ।

 

प्रतिक्रिया