२२ भाद्र २०८१, शनिबार | September 8, 2024

अमेरिका-रुस टकरावको परिणामः नाटो र ब्रिक्स विस्तार


913
Shares

एजेन्सी, ७ वैशाख । अमेरिकासहित पश्चिमाहरुको सुरक्षा संगठन नाटो र रुससहित गैरपश्चिमा देशहरुको आर्थिक उद्देश्यको संगठन ब्रिक्सको विस्तार अभियान नै चलेको छ । नाटोले पूर्वी यूरोप हुँदै दक्षिण अमेरिकामा समेत संगठन विस्तारको अभियान चलाएको छ ।

नाटोमा अर्जेन्टिना आवद्ध हुन खोजेको छ । युक्रेन नाटोमा आवद्ध हुन खोज्दा रुसले आक्रमण नै गर्यो । यो घटनाले विश्वको शक्ति सन्तुलन नै खलबलिएको छ ।

नाटोमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत यूरोपका शक्तिशाली देश छन् । तटस्थ देश भनिएका स्वीडेन र फिनल्यान्ड पनि नाटोमा आवद्ध भइसके । उनीहरु रुसले युक्रेनमाथि हमला गरेपछि नाटोमा आवद्ध भएका हुन् ।

कुनैबेला रुससँग नजिक रहेका पूर्वी यूरोपका रोमानिया, स्लोभाकिया, स्लोभानिया, लिथुआनिया, लात्भिया, हँगेरी, स्टोनिया पनि नाटोमा आवद्ध छन् ।

ब्रिक्सको इतिहास लामो छैन । तर, यसले चाँडै नै प्रभाव बढाएको छ । ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल र दक्षिण अमेरिका संस्थापक देश हुन् । इजिप्ट, इथियोपिया, इरान र युएईले सदस्यता लिएका छन्

भेनेजुएला, भियतनाम, नाइजेरिया, बँगलादेश, पाकिस्तान, कुवेत, बहराइन, थाइल्यान्ड, सेनेगलले पनि आवद्धताको पहल गरिरहेका छन् । कोलम्बिया पन आवद्ध हुन खोजिरहेको छ ।

आवद्धतालाई केलाउँदा नाटोलाई चुनौती दिन सक्ने गरी विस्तार भइरहेको ब्रिक्स नयाँ शक्ति सन्तुलनको परिणाम हो । पश्चिमाको प्रतिष्पर्धी एकतावद्ध शक्ति यसरी नै विकास हुँदैछ ।

प्रतिक्रिया