३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सुदूरपश्चिम प्रदेशको सत्ता संघर्षमा नाटकीय मोड


1.9k
Shares

काठमाडौं, ४ वैशाख । सुदूरपश्चिम प्रदेशको सरकार गठनमा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेकोमा नयाँ घटना विकास भएको छ ।

मुख्यमन्त्री नाजिर मियाँलाई भेटेर नेकपा एसले नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन दुई दिनमै फिर्ता लिएको छ । तर, नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भने उसले समर्थन गरेको छैन ।

चौधरीद्वयलाई केन्द्रमा सत्तामा रहेको र विपक्षीमा रहेको फरक दलहरुले समर्थन गरेपछि नयाँ सरकार गठनमा अलमल भएको थियो । मुख्यमन्त्री मियाँले सांसदहरुलाई रुजुका लागि बोलाउने तयारी गरेका थिए । तर, लक्ष्मणलाई एसले समर्थन नगर्ने भएपछि नयाँ घटना विकास भएको छ ।

अब सुदूरपश्चिममा कस्को नेतृत्वमा सरकार गठन हुने हो चासो बनेको छ । एसले त्यहाँ मुख्यमन्त्रीको दाबी गरेको छ । उसलाई काँग्रेस, माओवादी र नागरिक उन्मुक्तिको समर्थन अनिवार्य हुन्छ । नागरिक उन्मुक्तिले साथ दिने सम्भावना कम छ ।

नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरी र संरक्षक रेशम चौधरीबाट लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री दाबी पेश गरेका थिए रेशम र रञ्जिता पतिपत्नी हुन् । उनीहरुको झगडाको असर नागरिक उन्मुक्ति पार्टीमा मात्र नभई सत्ता गठबन्धनमा समेत असर परिरहेको छ ।

प्रतिक्रिया