२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सलमान खान घरभित्रै हुँदा बाहिर ४ राउण्ड गोली चल्यो


1.4k
Shares

काठमाडौं,२ वैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलेको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन आग्रह गरेका छन् । अभिनेताको घरबाहिर सुरक्षा बढाइएको छ । खानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।
मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट जीवित गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।

दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । जसमा सलमानमाथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । यद्यपी यस पोस्टको प्रहरीले पुष्टि गरेको छैन ।

घटनापछि सलमानका भाइ सोहेल खान ग्यालेक्सी अपार्टमेन्ट बाहिर देखिएका थिए । घटना पछि, मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुग्यो र आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज स्क्यान गरे। प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरेको छ जसमा आरोपी अनुहार ढाकेको देखिन्छ ।

यस घटनामा मुम्बई पुलिसका उपायुक्त राज तिलक रोशनले भने, ’यो मुद्दा मुम्बई पुलिसले दर्ता गरेको छ। अपराध महाशाखाले यसबारे अनुसन्धान गरिरहेको छ ।

फोरेन्सिक टोलीले बालकनीमा गोलीको निशान फेला पारेको छ । हालसम्म सलमानको घरमा दुईवटा गोलीको निशान भेटिएको छ । एउटा बाहिरी पर्खालमा र अर्को बालकनीको पर्खालमा। यस मामिलामा मुम्बई प्रहरीले ग्यालेक्सी अपार्टमेन्टका ४ जना चौकीदारको बयान रेकर्ड गरेको छ, जो घटनाको समयमा त्यहाँ उपस्थित थिए।
सलमान विगत ४० वर्षदेखि आफ्नो परिवारसँग यस घरमा बस्दै आएका छन् । सलमानको घर अपार्टमेन्टको भुईं फ्लोरमा छ । उनी यहाँ १ बीएचके एल आकारको अपार्टमेन्टमा एक्लै बस्छन्। उनका आमाबुवा ८ तले ग्यालेक्सी अपार्टमेन्टको पहिलो तल्लामा बस्छन्।

 

प्रतिक्रिया