११ पुस २०८१, बिहिबार | December 27, 2024

कहिले होला अर्थतन्त्र चलायमान ?


166
Shares

काठमाडौं, २९ चैत्र । वरिपरि पानी छ पिउनलाई छैन । यस्तै भएको छ नेपालको अर्थतन्त्रमा । बैंकमा खरबौं पैसा थुप्रिएको छ तर बजारमा लगानी गर्ने आँट कसैले गर्न सकेको छैन ।

बैंकहरुमा ६ खर्बभन्दा बढी रकम थुप्रिएको छ । ऋण प्रवाह नहुँदा बैंकहरु पनि समस्यामा परेका छन् ।

बजारमा लगानीका लागि रकम नपुग्दा अर्थतन्त्र चलायमान हुनसकेको छैन । यही अवस्था रहेमा ठूलो संकट आउनसक्छ ।

देशमा पैसा भएर मात्र हुँदैन पैसाको सही सदुपयोग हुनुपर्छ । नेपालमा पैसाको सदुपयोग हुन सकेको छैन ।

दुईवर्ष ऋणको ब्याज बढ्यो । नागरिकको क्रयशक्ति नै घट्यो । ऋणीहरु तर्सिएका छन् । जसका कारण कोहीपनि ऋण लिन आँट गरिरहेको छैन ।

ऋण लिने निकै कम हुँदा नयाँ लगानी हुनसकेको छैन । लगानी नयाँ नहुँदा उद्दोग व्यवसाय चलेको छैन । जसका कारण रोजगारी सृजना हुन सकेन । युवाहरु विदेशिएका छन् अहिले ।

प्रतिक्रिया