११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

भरत ताल बनाउने मेयर भरत थापाविरुद्ध ५ करोड भ्रष्टाचारको मुद्दा


1.3k
Shares

काठमाडौं, २८ चैत्र । भरतकुमार थापाको परिचय हो भरत ताल बनाउने मेयर । सर्लाहीको बागमती नगरपालिकामा उनले निर्माण गरेको मानव निर्मित ताल भरत ताल पर्यटकीय महत्वको छ । उनी यसकारण पनि चर्चामा रहँदै आए । तर, उनै भरतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

चलचित्र मेयरमा मेयरको भूमिका समेत खेलिरहेका मेयर हुन भरत थापा । उनको जीवन संघर्षमा आधारित चलचित्र बनिरहँदा भरत थापामाथि मुद्दा दायर भएको हो ।

थापाविरुद्ध ५ करोड ३३ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । उनले बचत गरेको कुल सम्पत्तिमा उक्त सम्पत्ति गैरकानूनी देखिएको अख्तियारको आरोप छ ।

माओवादी केन्द्रबाट निर्वाचित भरत थापा चर्चित मेयर हुन् । उनी सर्लाहीमा प्रभावशाली मानिन्थे । तर, अख्तियारको मुद्दा दायरले उनको राजनीतिक जीवनमा धक्का लागेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया