१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काँग्रेस भ्रष्टाचारविरुद्ध उत्रियो, सहकारी ठगी देखि सम्पत्ति छानविनसम्मको माग


498
Shares

काठमाडौं, २७ चैत्र । नेपाली काँग्रेस भ्रष्टाचारविरुद्ध उत्रिएको छ । काँग्रेसले सहकारी ठगी देखि सार्वजनिक पदमा रहेका व्यक्ति र तिनको परिवारको सम्पत्ति छानविनको माग गरेको छ ।

सहकारी ठगीविरुद्ध काँग्रेस टसमस नहुने भएको छ । उसले यसका लागि संसदीय छानविन समिति बनाउनुपर्ने बटमलाइन राखेको छ । गृहमन्त्री रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा काँग्रेस कठोर बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेता सहकारी ठगी प्रकरणमा मुछिएका छन् । यसकारण पनि काँग्रेस यो मुद्दामा कठोर देखिएको छ ।

काँग्रेसले प्रतिनिधिसभामा मंगलबार सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरुका परिवारको सम्पत्ति छानविन गर्नुपर्ने विषयबारे सार्वजनिक प्रस्ताव नै दर्ता गरेको छ ।

काँग्रेसका सांसदहरु धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियारले यस्तो प्रस्ताव दर्ता गरेका हुन् । यो विषय गृहमन्त्रालयसँग सम्बन्धित विषय हो । यसमा गृहमन्त्री लामिछानेले जवाफ दिनुपर्ने हुन्छ ।

देशमा विभिन्न समयमा यो मुद्दा उठेपनि त्यसै सेलाउने गरेको छ । काँग्रेसले पनि यसलाई राजनीतिक मुद्दाका रुपमा उठाएको छ । काँग्रेस सत्ताबाट बाहिरिएपछि मात्र अहिले यो मुद्दा उठाएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया