४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कमेडियनको नेतृत्वमा कुनैबेलाको आणविक शक्तिसम्पन्न युक्रेन तहसनहस


249
Shares

एजेन्सी, २७ चैत्र । सोभियत संघबाट विभाजित हुँदा युक्रेनसँग आणविक हतियार नै थियो । सोभियतकालमा युक्रेनमा विश्वकै उत्कृष्टमध्येका हतियार बन्थे । पछि रुस र अमेरिकाबीचको वार्ताबाट युक्रेनलाई आणविक हतियाररहित देश बनाइयो । तर, उसले युद्धक विमान, हेलिकोप्टरका अलावा शक्तिशाली हतियार बनाएर निर्माण गरिरह्यो ।
युक्रेनको हेलिकोप्टर सँसारकै उत्कृष्टमध्येको थियो । उसका मिसाइलका अलावा अन्य हतियार पनि विश्व बजारमा माग हुन्थ्यो । युक्रेन गहुँलगायत अन्नको निर्यातकर्ता पनि रह्यो ।

युक्रेनी जनतामा त्यस्ता नेताहरुको उदय भयो जसले उसलाई महत्वाकांक्षी बनाइदियो । युक्रेनलाई नाटोमा जोड्ने एजेन्डाहरु अघि सारिए । रुसी प्रभावबाट मुक्त भएर अमेरिकासँग नजिकिने रणनीतिमा युक्रेनका नेताहरु बढे । उनीहरु नै शक्तिमा आए ।

समयकालले जेलेन्स्की जस्ता पात्रको उदय भयो । लोकप्रीय कमेडियन जेलेन्स्कीले युक्रेनलाई रुसभन्दा बलियो शक्ति बनाउने सपना देखाए । उनले अमेरिकालगायत नाटोसँग नजिकिने एजेन्डा सारे र राष्ट्रपतिको चुनाव जिते । जेलेन्स्कीको कालमा रुसविरोधी गतिविधि बढ्न थाल्यो । यतिसम्मकी टल्सटोयको वार एण्ड पिस पनि प्रतिबन्ध लगाइयो ।

जेलेन्स्कीले देखाएको सपनाको पछि युक्रेन चल्न थाल्यो । रुसले पनि आफ्नो देशमाथि युक्रेनले सुरक्षा खतरा बढाउने भन्दै कडा नीति देखाउन थाल्यो । नाटोमा युक्रेन जानु भनेको रुस घेराबन्दीमा पर्नु थियो । महत्वपूर्ण समुन्द्री बन्दरगाह रहेको क्रिमिया रुसका लागि बन्देज हुने अवस्था आउन सक्ने भयो ।

रुसले विस्तारै युक्रेनका भूभाग अतिक्रमण गर्न थाल्यो । क्रिमिया हात पार्यो । पछि युक्रेनमाथि नै आक्रमण गर्यो ।

युक्रेनको राजधानी किभसँग रुसी सेना पुगेर आक्रमण गरे । तर, अमेरिकालगायत नाटोसम्वद्ध देशहरुको भित्री साथ पाएर युक्रेन रुसमाथि प्रत्याक्रमणमा लाग्यो । युक्रेनका हतियार कारखाना ध्वस्त हुँदै गए । गहुँलगायत अन्नको निर्यातमा अवरोध भयो । युक्रेन हतियारलगायत सैन्य सहयोग पाइरहन पुग्यो । तर, रुसी आक्रमणबाट युक्रेनको हतियार कारखाना देखि मुख्य सैन्य अखडाहरु ध्वस्त बनाइए ।

युद्ध कुनैपनि बेला सकिएला । तर, युक्रेनको शक्ति फेरि नफर्किने गरी बिग्रिइसकेको छ । युक्रेनको हतियार कारखाना ध्वस्त छन् । ठूलो जनधनको क्षति भएको छ । युक्रेनले आफ्नो सार्वभौमिकताको लागि त लड्यो तर धेरै गुमायो । युद्धमा उसले भूगोल मात्र गुमाएन सैन्य शक्ति नै गुमायो ।

युक्रेन खुम्चिएको छ युद्धले । कुनैपनि देशले युद्ध भूगोलको विस्तार या शक्ति विस्तारको लागि गर्छ । युक्रेनका लागि त्यो दुवै प्राप्त भएन । उसले गुमायो मात्र । युक्रेन कमेडिएन जेलेन्स्कीको नेतृत्वमा नोक्शान नै नोक्शान पर्ने युद्ध लडेर बर्बाद भएको छ ।-Photo: Agency

प्रतिक्रिया