२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेपालमा हिन्दूहरु एक होलान् ?


747
Shares

काठमाडौं, २६ चैत्र । नेपाल कुनैबेला हिन्दूराष्ट्रका रुपमा संविधानमा उल्लेख थियो । माओवादी हिंसापछि संविधानसभामार्फत् देशमा विवादास्पद तरिकाले हिन्दूराष्ट्र हटाइयो । यसको विरोध चलिरहेको छ ।

संविधानमा हिन्दूराष्ट्र पुनःस्थापनाका लागि संसदको दुई तिहाई आवश्यक पर्छ । देशमा झण्डै ८२ प्रतिशत हिन्दू र बाँकी १२ प्रतिशत ऊँकार परिवारका रहेबाट त्यो असम्भव भने छैन । तर, हिन्दूहरु एक भएमात्र हिन्दूराष्ट्र पुनः स्थापना सम्भव छ ।

मुख्य दलहरुभित्र हिन्दूराष्ट्रको मुद्दा उठिरहेको छ जुन एकीकृत भने छैन । हिन्दूहरुलाई एकतावद्ध बनाउने पहलहरु भने चलिरहेको छ ।

हिन्दूहरु एक भएमा मुख्य दलहरु दबाबमा पर्न सक्छन् । अर्को विकल्प भनेको हिन्दुत्वको मुद्दामा उदाउने नयाँ शक्तिले परिवर्तनको नेतृत्व गर्न सक्छ । त्यो कठिन छ असम्भव भने छैन ।

नेपालमा हिन्दूहरु विभिन्न नामले विभाजित गरिएका छन् । हिन्दूहरुमाथि प्रहार गर्ने र धर्मान्तरण गर्ने शक्तिले रणनीतिक तरिकाले हिन्दुलाई फुटाएको छ । तर, हिन्दुत्वको मुद्दा उठाउने आशालाग्दो शक्तिको प्रतिक्षा जनताले गरिरहेका छन् ।

हिन्दूहरु एक भएमा देशको सबैजसो निर्वाचन क्षेत्रमा विजयी हुन्छन् । समानुपातिकतर्फ पनि ८० प्रतिशत भन्दा मत हासिल गरेर दुई तिहाई पुग्छ । तर, यसलाई सफल हुन नदिने गतिविधि चलिरहेको छ ।

नेपालमा धर्मान्तरणको चलखेल गर्ने शक्तिले हिन्दूहरुलाई प्रत्यक्ष अप्रत्यक्ष त्रास देखाइरहेको छ । उनीहरुले राज्यको महत्वपूर्ण निकायमा पकड बनाएका छन् । अर्कोतर्फ, हिन्दूहरुलाई विकसित भनिएका देशहरुमा प्रवेश नपाउने डर देखाइएको छ ।

हिन्दूहरु एक हुनका लागि सुरुमा त्रास मेटाउन जरुरी छ । हिन्दूहरुको बलियो राजनीतिक शक्तिको उदय जरुरी हुन्छ । त्यो प्रयास चलिरहेको बुझिएको छ ।

प्रतिक्रिया