३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कपाल पलाउन थालेको भन्दै ओलीले गरे अझै २० वर्ष एमालेको नेतृत्व गरिरहने दाबी


498
Shares

काठमाडौ, २३ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० वर्ष जति अझै पार्टीको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले पोखरामा बोल्दै आफू २० वर्ष कसैलाई एमालेको अध्यक्षमा आस नगरे हुने समेत बताए ।

ओलीले कास्की जिल्ला कमिटिमा निर्वाचितहरुलाई शपथ गराउँदै भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । २० वर्ष जति अरु कसैले आस नगरे पनि हुन्छ ।’

एमालेमा दुई कार्यकाल अध्यक्ष बनिसकेका ओलीको पछिल्लो भनाई अर्थपूर्ण छ । ओली ७० कटेका छन् र उनी अझै २० वर्ष एमाले अध्यक्ष रहे ९० कट्नेछन् ।

ओलीले आफू अझै युवावस्थामा जस्तै सक्रिय र सशक्त रहेको दाबी समेत गरे । उनले आफूहरुले एउटा गठबन्धन नै तोडिदिएको बताए । गठबन्धन विदेशीले नभई आफूहरुले तोडेको ओलीको दाबी थियो ।

प्रतिक्रिया