२३ भाद्र २०८१, आइतबार | September 8, 2024

दलको कार्यकर्ता शिक्षकको जागिर धरापमा


913
Shares

काठमाडौं, २३ चैत्र । राजनीतिक दलको कार्यकर्ता बनेका शिक्षकहरुको जागिर धरापमा परेको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले दलका कार्यकर्ता बनेको शिक्षकविरुद्ध उजूरी अभियान नै चलाएपछि जागिर धरापमा परेको हो ।

कतिपय शिक्षक पार्टीको सक्रिय तथा क्रियाशील सदस्य देखि जिल्ला र केन्द्रीय तहमा समेत रहेका छन् । उनीहरुबारे उजूरी परेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले पनि दलको कार्यकर्ता रहेका शिक्षकलाई सदस्यता त्याग्न चेतावनी दिएकी छिन् । उनले सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गरिने चेतावनी दिएकी छिन् । उनले सार्वजनिक रुपमा आव्हान गर्दै सदस्यता रहेका शिक्षकहरुका बारे सूचना दिन समेत आव्हान गरेकी छिन् ।

राजनीतिक दलमध्ये सबैभन्दा बढी शिक्षक नेकपा एमालेमा छन् । त्यसपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रमा रहेका छन् ।

प्रतिक्रिया