१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इलाम २ बाट काँग्रेसबाट डम्बर खड्का उम्मेदवार


581
Shares

काठमाडौं, २२ चैत्र । इलाम क्षेत्र नं २ बाट नेपाली काँग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वैशाख १५ मा हुने उपनिर्वाचनमा खड्का बलिया उम्मेदवारका रुपमा देखिएपछि निर्णय आएको हो । खड्का २०७९ को मंसिरमा भएको निर्वाचनमा नेकपा एमालेका सुभाष नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

खड्कालाई त्यतिबेला गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि सघाएको थियो । यसपटक त्यहाँ काँग्रेस एक्लै चुनावी मैदानमा छ । तर, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आ आफ्नो उम्मेदवार खडा गरेका छन् ।

एमालेले सुभाष नेम्वाङका छोरा सुहाङ नेम्वाङ र रवि लामिछाने नेतृत्वको रास्वपाबाट मिलन लिम्बू उम्मेदवार छन् ।

यसैगरी, काँग्रेसले बझाङबाट प्रदेशसभा चुनावमा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया