ताइवानमा शक्तिशाली भूकम्पले सुनामीको त्रास

एजेन्सी, २१ चैत्र । ताइवानमा ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । समुन्द्री किनारमा बुधबार गएको भूकम्पले नजिकका टापुहरुमा सुनामीको खतरा देखाइएको छ ।
ताइवानको हुवेलियन शहरको १८ किलोमिटर दक्षिणतर्फ केन्द्रबिन्दु भएर गएको भूकम्प २५ वर्षयताकै ठूलो हो । भूकम्पका कारण भवनहरु भत्किएका छन् ।
भूकम्पले पहाडहरुमा पहिलो गएको दृश्यहरु सार्वजनिक भएका छन् । यसले पनि त्यहाँ ठूलो क्षतिको अनुमान गरिएको छ ।