१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जसपामा विद्रोह हुने भएपछि उपेन्द्र यादव पछि हटे


23.9k
Shares

काठमाडौं, २३ फागुन । नयाँ गठबन्धनको सरकारमा जानबाट उपेन्द्र यादव तत्कालका लागि पछि हटेका छन् । बहुमत कार्यकारिणी सदस्य र सांसदहरुले विद्रोहको धम्की दिएपछि यादव पछि हटेका हुन् ।

मन्त्री चयनका लागि बोलाइएको बैठकमा बहुमत सांसदहरुले एमाले र माओवादीसहितको गठबन्धनमा गएमा विद्रोहको धम्की दिएको बुझिएको छ । त्यसपछि यादव पछि हट्न वाध्य भएका छन् ।

उपेन्द्र यादवले उपप्रधानमन्त्री पदको लोभमा वाम गठबन्धनमा जान खोजेको आरोप खेपेका छन् । उनीमाथि प्रभावशाली नेता तथा सांसदहरुले विद्रोहको धम्की दिए । त्यसपछि उनी तत्कालका लागि पछि हटेका छन् ।

नयाँ गठबन्धनमा सामेल हुन खोजेको जसपाको १२ सासद छन् । जसपाले साथ नदिए प्रचण्डलाई बहुमत पुग्न मुश्किल पर्न सक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया