२९ मंसिर २०८१, शनिबार | December 15, 2024

ठमेलको कमलपोखरी माँसेर छाँया सेन्टर ठड्याउने गिरोहमाथि सीआइबीको अनुसन्धान


2.7k
Shares

काठमाडौं, २२ फागुन । ठमेलको ऐतिहासिक कमलपोखरी माँसेर छायाँ सेन्टर ठड्याउने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान बढाएको छ । सीआइबीले कमलपोखरी माँस्ने गिरोहबारे गहिरो अनुसन्धान थालेको हो ।

सीआइबी स्रोतका अनुसार कमलपोखरी रहेको जग्गाबारे प्रमाणहरु संकलन भइरहेको छ । उक्त जग्गा हडप्ने किर्ते गरिएको विषयमा अनुसन्धान बढाइएको हो ।

छायाँ सेन्टर रहेको कमलपोखरीको जग्गा हडप्न अम्बिका राणालाई भूमाफियाले मोही बनाएको समेत खुलेको छ । अम्बिका राणा दिवंगत राजा वीरेन्द्र शाहकी सम्धीनी हुन् । गोरख शमशेर राणाकी आमा अम्बिकालाई मोही बनाउने गिरोहबारे पनि सीआइबीले अनुसन्धान बढाएको हो ।

छायाँ सेन्टर ठड्याउन नेपालका हाइप्रोफाइल भनिएका व्यापारी, नेताका परिवार र पूर्व सैनिक अधिकारी मात्र नभई अख्तियारका पूर्व अधिकारीहरु समेतको मिलेमतो पाइएको छ । विशेषगरी बैंकिङ क्षेत्रमा प्रभाव जमाउँदै आएका पृथ्वीबहादुर पाँडे यसका हर्ताकर्ता हुन् । उनले कमलपोखरीको जग्गा हडप्न र छायाँ सेन्टर ठड्याउन हाइप्रोफाइलहरुलाई गोल्डन शेयर दिएका छन् । नेपाली पेनले गोल्डेन शेयर पाउने देखि लगानीकर्ता समेतको खुलासा गरिसकेको छ ।

भूमाफियाले रणनीतिक र आर्थिक महत्वको जग्गा कसरी हडप्छन् भन्ने उदाहरण बनेको छ छायाँ सेन्टरमा ।

प्रतिक्रिया