३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्ड एक्लैलाई सबै मन्त्रालयको कार्यभार


1.1k
Shares

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई हटाएर कार्यभार आफैले सम्हालेका छन् । गठबन्धनमा फेरबदल आएलगत्तै उनले यसअघिका सबै मन्त्री र राज्यमन्त्रीलाई हटाएर सबै मन्त्रालयको कार्यभार आफैले सम्हालेका छन् ।

गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सहभागी भएकोमा तीन दलबाट विना विभागीय मन्त्री तोकिएको छ ।

विना विभागीय मन्त्रीमा ती दलका शीर्ष नेताका विश्वासपात्रहरु छन् । माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बनाइएका छन् ।

मन्त्रिमण्डलमा भागवण्डाको विषय बाँकी रहेकाले कुरा मिलेको छैन । पछि मन्त्री नियुक्त गरी कार्यभार तोकिने जनाइएको छ ।

प्रतिक्रिया