३१ भाद्र २०८१, सोमबार | September 17, 2024

यस्तो छ चार दलबीच भागवण्डाको सहमति


830
Shares

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धनमा फेरबदल भएलगत्तै चार दलबीच सहमति बनेको छ । सोमबार चार दलका शीर्ष नेताले हस्ताक्षर गरी ८ बुँदे सहमति गरेका हुन् ।

सहमति अनुसार सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने र राष्ट्रिय सभाको अध्यक्ष पनि माओवादीले पाउने उल्लेख छ । उपाध्यक्ष नेकपा एमालेले पाउने तय छ ।

आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रियालगायतका विषयहरु सहमतिका आधारमा अविलम्ब् टुंग्याउने, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने देखि समाजवादउन्मुख आर्थिक सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने भनिएको छ ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया