४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मुख्यसचिव अर्याललाई अख्तियारको मुद्दा लाग्नुअघि राजीनामाको दबाब


747
Shares

काठमाडौं, २० माघ । मुख्यसचिव बैकुण्ठप्रसाद अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएको छ । विश्वस्त स्रोतका अनुसार यसै हप्ता अर्यालसहित टेरामक्स प्रणाली खरिदमा मुछिएकाहरुविरुद्ध मुद्दा दायर हुने भएको हो ।

टेरामक्स प्रणाली खरिद प्रक्रियामा तत्कालीन सञ्चारमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेत पनि मुछिएका छन् । उनीहरुबारे के हुन्छ भन्ने चासो बनेको छ ।

मुख्यसचिव अर्यालमाथि विगतमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदलगायतमा विकल पौडेल समूहबाट घूस लिएको तथ्यहरु पनि अख्तियारले पत्ता लगाएको छ । पौडेल समूहसँग उनको निकटता देखिएको छ ।

अर्यालमाथि मुद्दा दायर हुने भएपछि राजीनामाको दबाब परेको छ । उनले राजीनामा दिए पनि नदिएपनि यसै हप्ता मुद्दा दायर गरिने बुझिएको छ ।

प्रतिक्रिया