१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणमा गोरखपुरको साइनोबारे चर्चा


498
Shares

गोरखपुर, १९ फागुन । गोरखपुरमा नेपाल भारत सम्बन्धको विगत देखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगोष्ठि सुरु भएको छ । महायोगी गोरखनाथ विश्वविद्यालय गोरखपुर र महाराणा प्रताव महाविद्यालयको आयोजनामा ूनेपाल भारत सम्बन्ध विगत देखि वर्तमानू विषयक अन्तर्राष्ट्रिय संगोष्ठि जंगल धुसड गोरखपुरमा सुरु भएको हो ।

संगोष्ठिमा नेपाल र भारतको सम्बन्धको विषयमा उपकुलपति नन्द बहादुर सिंह, पूर्व उप सभामुख पुष्पा भूषाल, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल प्राध्यापक भागवत ढकाल लगायतले राम र सितादेखि लिएर विभिन्न धार्मिक, सांस्कृतिक, रोटि वेटि, गुरु गोरखनाथको सम्बन्ध, काशीको ज्ञानको सम्बन्ध व्यापारीक सम्बन्ध, विगतदेखि वर्तमानसम्मको राजनीतिक सम्बन्धलाई अझैँ मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

संगोष्ठिमा पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कण्डेलले नेपालको सम्बन्धमा पृथ्वीनारायण शाहले गुरू गोरखनाथको आशिर्वादले नै नेपालको एकिकरण गर्नका लागि अगाडि बढेको र जहाँ जहाँ आक्रमण गरे त्यहीँ त्यहीँ वीजयी हासिल गर्दै आजको आधुनिक नेपालको एकीकरण भएको बताए ।

पछिल्लो समय नेपाल र भारतको सम्बन्धमा विस्तारै सिमाको विषयमा, नागरीकताको विषयमा समस्या सिर्जना हुने गरेको, राजनीतिक रूपमा पनि विभिन्न सन्धिहरूको विषयलाई लिएर समस्या हुने गरेकोले त्यस विषयमा पनि बहस र छलफल गर्नु पर्ने आवश्यकता रहेको पुष्पा भूषाले बताउनु भएको थियोे ।

त्यसैगरी, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलेले उद्घाटन गरेको अन्तर्राष्ट्रिय संगोष्ठिको लुम्बिनी बौद्ध विश्वविद्यालय कुलपति शुभ रत्नलाल बज्राचार्य अध्यक्षता गरेका थिए।

उक्त उद्घाटन सत्रमा नेपालको राष्ट्रिय सभका पूर्व उप सभामुख पुष्पा भूषाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, वल्मीकि क्याम्पसका प्राचार्य प्राध्यापक भागवत ढकाल, गोरखपुर विश्वविद्यालयका प्राध्यापक हर्षवर्धन सिंह, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतम , कोशी प्रदेशका माननीय भीम पराजुली लगायत नेपाल र भारतका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा डा. प्रदीपकुमार रावाँले कार्यक्रममा उपस्थिति सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि र सहभागी प्रतिनिधिहरूलाई स्वागत गर्नु गरेका थिए।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया