१२ श्रावण २०८१, शनिबार | July 27, 2024

१० जुवाघरले तिरेनन् झण्डै ४ अर्ब कर


581
Shares

काठमाडौं, १८ चैत्र । देशमा जुवाघरहरु बढिरहेका छन् । ठूलो आर्थिक चलखेल हुने जुवाघरले भने देशलाई तिर्नुपर्ने कर तिरेका छैनन् । अहिलेसम्म १० जुवाघरले तीन अर्ब ८५ करोड कर तिर्न बाँकी छ । उनीहरु कर तिर्नेभन्दा सरकारको नेतृत्वदायी निकायलाई प्रभावमा पारेर कर छल्दै आएका छन् ।

कर नतिर्ने जुवाघरमा याक एन्ड यती, फूलबारी रिसोर्ट, नेपाल रिक्रियसन सेन्टर, सोल्टी होटल, अन्नपूर्ण इन्टरनेशनल, होटल एभरेस्ट, हेप्पी आवर, रक इन्टरनेशनल, क्यासिनो रयाड रहेका छन् ।

जुवाघरहरु कर तिर्नका साटो अदालत जाने र अलमलाउने गर्दै आएका छन् । उनीहरुको यो गतिविधिले राज्यलाई ठूलो नोक्शान हुँदै आएको छ ।

सबैभन्दा ठूलो कर नतिर्नेमा रिक्रियसन सेन्टर छ । उसले सोल्टी, अन्नपूर्ण, हायात, एभरेष्टलगायतका होटलमा क्यासिनो चलाएर ८७ करोड ५९ लाख कर बुझाएको छैन । याक एण्ड यतीमा क्यासिनो सञ्चालन वापत्को ७३ करोड ९५ लाख कर तिरिएको छैन ।

हेप्पी आवरले ५९ करोड २९ लाख, रक इन्टरनेशनलले २९ करोड २० लाख, रयाडले ४० करोड २७ लाख, सेन्ट्रल मिडिया प्रालिले ७ करोड ८० लाख रुपैयाँ कर तिर्न बाँकी छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया