३१ भाद्र २०८१, सोमबार | September 17, 2024

छोराको दाहसंस्कार गरी फर्किएकी जुनमायासहित पाँचै जना त्रिशुलीको भेलमा


3.9k
Shares

काठमाडौं, १७ चैत्र । त्रिशुलीमा ट्याक्सी खसेर मृत्यु भएका जुनमाया रोकासहित पाँचै जना एकै परिवार र आफन्त रहेको खुलेको छ । रोकासहित पाँचै जना जुनममाया रोकाका छोरा शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर शनिबार विहान घर फर्कदै थिए ।

३९ वर्षीय शंकर रोकाको क्यान्सरबाट निधन भएको थियो । माइक्रोबस र ट्याक्सीमा उनीहरु फर्कदै थिए । ट्याक्सी पछि पछि थियो । कुरिनटार नजिकैको त्रिशुलीमा खसेको माइक्रोमा रहेकाले पछि मात्र थाहापाए । ट्याक्सी लामो समयसम्म नआएपछि प्रहरीलाई खबर गरिएको थियो । खोज्ने क्रममा राजमार्ग नजिकैको रेलिङ तोडेर खसेको भेटिएको थियो ।

घटनामा मृत्यु हुनेहरुमा शंकरकी आमा ७० वर्षीया जुनमाया रोका, शंकरकी दिदीबहिनीहरु हरिमाया रोका, अन्जना रोका, भिनाजु अजुर्नन शिर्मल र भाँजा आगमन उपरकोटी रहेको खुलेको छ । शंकरका छोरा दिवस रोका वेपत्ता छन् । जुनमायाको परिवारमा शोकमाथि शोक थपिएको छ ।

प्रतिक्रिया