३१ भाद्र २०८१, सोमबार | September 17, 2024

होली पर्व मनाइँदै


581
Shares

काठमाडौं, १० चैत्र । रङ्गहरुको पर्व होली मनाइँदैछ । फागु पूर्णिमा पनि भनिने होलीमा रङ्ग, अविर हालेर र पानी छ्यापेर मनाइँदैछ ।

फागुन पूर्णिमामा मनाइने होलीको विशेष धार्मिक महत्व छ । बालक प्रल्हादलाई राक्षसी होलिकाले काखमा राखेर अग्नीमा जलाउन खोज्दा आफै जलेको खुशियालीमा यो पर्व मनाइन्छ ।

काठमाडौंमा फागुन शुक्ल अष्टमीमा काठमाडौंमा चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइन्छ ।
आज पहाडमा र भोलि सोमबार तराईमा होली मनायन्छ । तराईमा फगुआ र होरी भनिन्छ ।

होली पर्व नेपालका हिन्दू र बौद्ध समुदाय सबैले मान्ने गर्छन् । यसकारण पनि यसको विशेष महत्व रहिआएको छ ।

प्रतिक्रिया