२३ आश्विन २०८१, बुधबार | October 9, 2024

उपप्रधानमन्त्री नारायणकाजीको किर्तिमानी ९ दिने चीन भ्रमणमा के होला ?


332
Shares

काठमाडौं, १० चैत्र । देशको प्रधानमन्त्री, उपप्रधानमन्त्री या मन्त्रीको औपचारिक विदेश भ्रमण कति दिन हुन्छ ? दुई देखि पाँच दिनसम्म । विश्वका शक्तिशाली देशका उच्च अधिकारी त एक या दुई दिन मात्र विदेश भ्रमणमा रहन्छन् । तर, नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने चीन भ्रमणमा जाने तय भएको छ ।

२१औं शताब्दीमा यति लामो भ्रमण किर्तिमान नै हुनसक्छ । यसको आलोचना भइसकेको छ ।

श्रेष्ठले ९ दिने चीन भ्रमणमा समकक्षी वाङ ईसँग भेटवार्ता गर्नेछन् । उनको भेट चिनियाँ रणनीति बीआरआई कार्यान्वयन गराउनेबारे केन्द्रित हुने बुझिएको छ ।

श्रेष्ठ कैलाश मानसरोवरको यात्रामा पनि जानेछन् । उनी चैत्र १९ गते फर्कनेछन् ।

उपप्रधानमन्त्रीको रुपमा श्रेष्ठ पटक पटक चीन गएका थिए यसअघि पनि । उनी उपप्रधान तथा गृहमन्त्री छँदा महिनैपिच्छे जस्तो चीन गए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेपछि चीनको भूमिका बढेको देखिदैछ । गठबन्धन परिवर्तन भएलगत्तै नेपालबाट श्रेष्ठ चीन जाने पहिलो उच्च अधिकारी हुनेछन् ।

प्रतिक्रिया