३१ भाद्र २०८१, सोमबार | September 17, 2024

माओवादीभित्र सुनपर्व, रेनुलाई प्रधानमन्त्री बनाउने मार्ग खोल्दै प्रचण्ड


747
Shares

काठमाडौं, ६ चैत्र । झट्ट हेर्दा सुनकाण्डमा धमाधम पक्राउ गर्ने कदम गृहमन्त्री रवि लामिछानेले चालेपनि यसमा प्रधानमन्त्री प्रचण्डकै मुख्य खेल रहेको छ । प्रचण्डले सुनकाण्डमा रविलाई राम्ररी प्रयोग गरे यसपटक । उनले रविलाई लगाएर माओवादीभित्रका विवादास्पद व्यक्तिहरुलाई जेल हाल्ने क्रम चलाएका छन् ।

आफू प्रधानमन्त्री हुँदा नै प्रत्यक्ष रुपमा कारबाही गर्दा पार्टीभित्र असन्तुष्टि बढ्नसक्ने भएकाले प्रचण्डका लागि रवि उपयुक्त पात्र भए । उनको तारोमा परे माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा । पटक पटक विवादमा मुछिएका महरा सुनकाण्डमा समातिएका छन् । उनका छोरा विगतमा नै समातिए ।

माओवादीभित्र सुनकाण्डको लहरोले पहरो गर्जिइसकेको छ । नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि पक्राउ परेका छन् ।

सुनकाण्डमा मुछिएका वर्षमान पुनमाथि पनि चाँडै संकट आउनसक्छ । रोचक त यो छ कि सुनकाण्डमा मुछिएर पक्राउ पर्ने र विवादमा पर्नेहरु अधिकांश चीनसँग नजिक सम्बन्ध रहेका माओवादी नेताहरु छन् ।

प्रचण्डले पार्टीभित्र आफ्ना विरोधीलाई त उठ्नै नदिने रणनीति बनाइरहेका छन् । दोस्रो तहका जर्नादन शर्मालगायतलाई पनि कमजोर बनाइदिएका छन् ।

प्रचण्डको यो कदमलाई छोरी रेनु दाहालका लागि मैदान खाली गर्न लागेको विश्लेषण भइरहेको छ । रेनुलाई दुईपटक भरतपुर महानगरपालिकाको मेयर बनाइसकेका प्रचण्डले अब भने भावी प्रधानमन्त्रीका रुपमा उतार्न खोजेका छन् । यसका लागि उनको तयारी देखिइसकेको छ ।

माओवादीभित्र सुनपर्वका रुपमा विकसित घटनाले धेरै नेता तारोमा पर्दैछन् । यसले रेनु यादवका लागि माओवादीको नेतृत्व लिने मार्ग प्रशस्त गर्दैछ ।

प्रतिक्रिया