१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काँग्रेसमाथि महासंकट आउँदै, तीन सांसद निलम्बनमा पर्ने


3.2k
Shares

काठमाडौं, ६ चैत्र । नेपाली काँग्रेसमाथि महासंकट आउने भएको छ । काँग्रेसका नेता र सांसदहरुमाथि धमाधम भ्रष्टाचार र किर्तेकाण्डमा मुद्दा चल्ने भएपछि महासंकट आउने भएको हो ।

काँग्रेसका बहालवाला सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतमाथि अख्तियारले मुद्दा दायर गर्ने भएको छ । टेरामक्स प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरु कार्की र बस्नेत मुछिएकाले उनीहरुविरुद्ध मुद्दाको तयारी भएको हो ।

यसैगरी, काँग्रेस सांसदसमेत रहेका डलर अर्बपति विनोद चौधरीलाई पक्राउको तयारी भएको छ । उनलाई बाँसबारी जग्गाकाण्डमा सीआइबीले पक्राउ गर्न लागेको हो । यो काण्डमा पक्राऊ परी मुद्दा दर्ता भएमा चौधरी पनि निलम्बनमा पर्न सक्छन् ।

काँग्रेसको सांसद निलम्बनमा परेपछि प्रधानमन्त्री प्रचण्डविरुद्ध कुनैपनि बेला आउनसक्ने अविश्वासको प्रस्ताव फितलो हुनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया