२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कम्युनिस्ट नेतालाई ४ प्रतिशत मत आउँदा पुटिनलाई ८७ प्रतिशत


1.7k
Shares

एजेन्सी, ५ चैत्र । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । उनी भारी मतका साथ विजयी भएका हुन् ।

रुसी निर्वाचन आयोगले पुटिनले खसेको कुल मतमध्ये ९० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कम्युनिस्ट नेता किकोलाय खारिटोनोभले झण्डै ४ प्रतिशत मात्र मत पाए ।

पुटिन अब २०३० सम्म राष्ट्रपति हुनेछन् । युक्रेन युद्धपछि रुसमा भएको राष्ट्रपति चुनावमा पुटिनको जितलाई अर्थपूर्ण मानिएको छ ।

पुटिन २ दशकभन्दा बढी समययता रुसमा एकछत्र शासन गर्दै आएका छन् ।

कम्युनिस्ट शासन ढलेपछि थिलथिलो भएको रुसलाई पुटिनले पुनः शक्तिशाली बनाए । उनको शासनकालमा कम्युनिस्टहरु निकै कमजोर हुँदै गएका छन् । कुनैबेला रुसमा एकदलीय शासन चलाएका कम्युनिस्टहरु त्यहाँ खोज्नुपर्ने अवस्था बनिसकेको छ ।

प्रतिक्रिया