७ आश्विन २०८१, सोमबार | September 23, 2024

बाँसबारी जग्गा काण्डः विनोद–बसन्तलाई बयान लिने सीआईबीको तयारी


747
Shares

काठमाडौं,४ चैत्र । बाँसबारी जग्गा घोटाला काण्डमा मुछिएका नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक विनोदकुमार र बसन्तकुमार चौधरीलाई बयान लिने तयारी भइरहेको छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले विनोद र बसन्तलाई बयान लिने तयारी थालेको हो ।

बाँसबारी छाला जुत्ता काराखानाको १० रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिमा लगेर हनामिना गर्ने विनोद, बसन्तलगायतमाथि बयान लिन गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सीआईबीका निर्देशक श्यामलाल ज्ञवालीलाई उनले विनोद(बसन्तमाथि पनि कारबाही गर्न निर्देशन दिएका हुन् । उक्त निर्देशनसँगै सीआईबी तातेको छ ।

बाँसबारीको जग्गा लगिएको च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००र२०० कित्ता शेयर थियो । त्यसको सम्पत्ति अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । उक्त विषयमा सीआईबीले विनोदका कान्छा भाइ अरुणकुमार चौधरीसँग बयान लिइसकेको छ । अब माइला भाइ बसन्त र उनलाई बयान लिने तयारी थालेको हो ।

प्रतिक्रिया