६ आश्विन २०८१, आइतबार | September 22, 2024

रवि लामिछानेको तारोमा पूर्वसुरक्षाकर्मी


4.9k
Shares

काठमाडौं, ३ चैत्र । रवि लामिछाने विगतमा दोहोरो पासपोर्ट, आत्महत्या दुरुत्साहन देखि रकम हिनामिनासम्बन्धी विवादमा मुछिएका थिए । उनको अमेरिका र नेपालको दोहोरो पासपोर्ट र नागरिकताका कारण सांसद पद नै गएको थियो । पुनः चितवनबाट चुनाव जितेका रवि सहकारी ठगी प्रकरणमा संलग्न भएको खुलिसकेको छ ।

रविमाथि ज जस्ले छानविन चलाए उनीहरु अहिले तारोमा परेका छन् । रविमाथि छानविन चलाउनेमा थिए तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । आत्महत्या दुरुत्साहनमा रविमाथि मुद्दा नै चल्यो । उनले टर्चर दिएर आत्महत्या गरेको भनी एकजना पत्रकारले भिडियो नै बनाएका थिए । उनीमाथि चितवनमा मुद्दा नै चल्यो ।

रविमाथि हालैमात्र सहकारी ठगी प्रकरणमा मुछिएकाहरुसँग मिलेको विषय सप्रमाण आएको थियो । सहकारी ठगीमा मुछिएका मध्ये कतिपय फरार छन् ।

सत्ताको खेलले रवि पुनः गृहमन्त्री भएका छन् । विगतमा उनीमाथि जो जो कारबाहीका लागि बढे उनीहरु तारोमा परेका छन् ।

पूर्वआइजीपी सर्वेन्द्र खनालमाथि सुनकाण्ड लगाउन रवि मरिमेटेर लागेका छन् । खनालले त रविलाई सुनकाण्डमा प्रमाणित गरेर कारबाही गर्न चुनौती नै दिएका छन् ।

पूर्वआइजीपी धीरजप्रताप सिंह पनि रविको तारोमा परेका छन् । रविको ठगी प्रकरणबारे उनले पनि खोतल्न खोजेका थिए ।

सीआइबीबाट हालैमात्र सरुवा गरिएकी किरण बज्राचार्यले रवि मुछिएको सहकारी प्रकरणको छानविन गरेकी थिइन् । उनी पनि तारोमा परिन् ।

यसरी रवि गृहमन्त्री भएलगत्तै विरोधी तह लगाउन मरिमेटेर लागेका छन् । उनको तारोमा पूर्वसुरक्षाकर्मी परेका छन् ।

प्रतिक्रिया