प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमतीको चौथो प्रदेश अधिवेशन उद्घाटन

काठमाडौं, २ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमती प्रदेशको चौंथो प्रदेश अधिवेशन उद्घाटन भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिकको अधिवेशन उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्रा डा चित्रबहादुर बुढाथोकी, विशिष्ट अतिथि परिषद्का राष्ट्रिय राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, प्रदेश अध्यक्ष बद्री प्रसाद कोईराला, प्रदेश सचिव मनिता देवकोटा, स्वागत समिति अध्यक्ष महर्षि वैदिक फाउन्डेसन नेपालका अध्यक्ष दीपक बास्कोटा स्वागत समिति सचिव प्रा डा विनोद लेखक, परिषद्कि राष्ट्रिय सचिव जानकी आचार्य, काठमाडौं महानगर सचिव विकास रावल लगायतका विशेष व्यक्तिहरूको सहभागिता रहेको थियो ।