१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सत्ता टिक्नेमा ढुक्क छैनन् प्रचण्ड


581
Shares

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिंदा नेपाली काँग्रेस र नेकपा एमालेलाई मिलेर सरकार बनाउन चुनौती नै दिए । आफूले काँग्रेस र एमालेलाई मिल्न नरोकेको भन्दै प्रचण्डले आफू प्रतिपक्षमा बस्न तयार भएको समेत बताए ।

प्रधानमन्त्री विश्वासको मत लिंदा उत्साही थिएनन् बरु आक्रोशित देखिन्थे । उनको अभिव्यक्तिभित्र दबाब र तनाव दुवैको भाव झल्कन्थ्यो । यसकारण पनि उनी लामो समय सत्ता टिक्नेमा विश्वस्त नभएको देखाउँछ ।

नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग जोडेका प्रचण्डको दल नेकपा माओवादी केन्द्रलाई अर्थ, परराष्ट्र, जलस्रोत, सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालय मिलेको छ । एमालेले गृह मन्त्रालयमा समेत दाबी गरेन । उसले जुन जुन मन्त्रालय लिएको छ त्यसमा खासै आकर्षण पनि छैन ।

एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुनुले पनि आशंका पैदा गरेको छ ।

विश्वासको मत दिंदा जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले त चेतावनी नै दिए । उनले प्रचण्डको खूबै आलोचना गरे । नागरिक उन्मुक्ति पार्टीमा पनि विश्वासको मत दिने क्रममा खुबै विवाद चल्यो ।

नेकपा एसले त अन्तिम समयसम्म बार्गेनिङ गरेर विश्वासको मत दिने निर्णय लियो । तर, एसका अध्यक्ष माधवकुमार नेपाल खुशी देखिएनन् ।

यी घटनाक्रमलाई केलाउँदा प्रचण्ड सरकार चाँडै ढल्न सक्ने देखिन्छ । उनले झण्डै १५ महिना तेस्रोपटक प्रधानमन्त्रीको नेतृत्व लिएका छन् । विश्वासको मत पनि तीनपटक लिइसकेका छन् । उनको पछिल्लो शैलीले भने निकै अप्ठ्यारोमा पुर्याइसकेको देखिदैछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया