३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डको परिवार दल बन्दै माओवादी


1.2k
Shares

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रभित्र एकै परिवारका धेरै नेता छन् । कतिपयका पतिपत्नी नै कार्यसमितिमा छन् ।

माओवादीभित्र जसको परिवारका बढी सदस्य महत्वपूर्ण पदमा छन् उही बलियो देखिएको छ । अध्यक्ष प्रचण्डको परिवारका सदस्य सबैभन्दा महत्वपूर्ण पदमा छन् । उनकी छोरी रेनु दाहाल र गंगा दाहालका अलावा भाई नारायण दाहाल र ज्वाईंहरु जिम्मेवार पदमा छन् ।

जर्नादन शर्माका परिवारका सदस्य पनि महत्वपूर्ण पदमा छन् । वर्षमान पुनको पनि त्यस्तै छ ।

पछिल्लो समय प्रचण्डले भाई नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँदैछन् । उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनाइएका छन् । दाहाललाई बनाउन माओवादीमा लामो योगदान दिएकाहरुलाई रोकिएको छ ।

प्रचण्डले छोरी रेनु दाहाललाई राजनीतिमा स्थापित गर्न काँग्रेससँग गठबन्धन गरेका थिए विगतमा । रेनुलाई भरतपुर महानगरपालिकाको मेयर बनाउन दुवैपटक ठूलै कसरत गरेका थिए ।

प्रचण्डकी छोरी गंगा दाहाल उनको सचिवालयमा हालीमुहाली छिन् । ज्वाईंहरु पनि जिम्मेवार पदमा राखिएका छन् ।

प्रचण्डकी बुहारी हुन् विना मगर । उनी खानेपानी मन्त्री भइसकेकी छिन् । यसरी प्रचण्ड नेतृत्वको माओवादी परिवार दल बन्दै गएको छ ।

प्रतिक्रिया