३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘काण्डैकाण्डमा परेका मन्त्रीबाट के अपेक्षा’


3.2k
Shares

काठमाडौं,२७ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड देशमा अस्थिरता भइन्जेल सत्तामा टिकिरहने टिप्पणी गरेका छन् । एक टेलिभिजन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आइतबार उनले यस्तो बताएका हुन् ।

नयाँ सत्तासमिकरणलाई रायमाझीले जनतालाई फेरी भ्रममा पार्ने र देशमा लुटतन्त्र मच्चाउने नयाँ तरिका भएको संज्ञा दिए । उनले हत्या,हिंसालगायत विभिन्न अपराधमा मुछिएका व्यक्तिहरु नै अहिले मन्त्री बन्न योग्य हुने तर्क गरे ।

“मन्त्री हुनलाई पहिलो क्राइटएरिया त हत्या हिंसाबाट आउन पर्यो,बैंक लुट्न पर्यो,डकैती गर्नु पर्यो,सुशासनका नाममा मान्छे मारिनु पर्यो, जेल जानु पर्यो । योग्य र दक्ष मान्छे त मन्त्री हुनै सक्दैन् ।” उनले भने,“वर्षमान पुनका कयौं काण्ड छन्,उनकी श्रीमतीको पनि त्यस्तै छन्, उनका छोराको पनि नाम आएको छ उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने हो नी, उल्टै अर्थ मन्त्रालय नै जिम्मा लगाएपछि निश्चित रुपमा अनुसन्धान ओझेलमा पर्छ ।”

नेताहरु राज्य प्रशासनलाई हात लिएर देश लुट्न पाइनेमा पहिले नै जानकार रहेको रायमाझीले बताए । “त्यो उनीहरुलाई थाहा छ, प्रचण्डजीले ‘म बाचुन्जेल यस्तै हुन्छ,उथुलपुथल भइरहन्छ’ भन्नुभएको छ, उहाँको अभिव्यक्तिले त देशलाई उथु पुथल बनाएर अस्थिरतामा धकेल्ने खोजेको प्रष्ट हुन्छ नी ।”रायमाझीले भने,“जहाँ जहाँ अस्थिरता हुन्छ त्यहाँ त्यहाँ,त्यतिबेला सम्म प्रचण्डजी टिक्नुहुन्छ । यो देश लुट्नुपर्छ, सकाउनुपर्छ भन्नेमा सबैको सहमति रहेछ भन्ने बुझिन्छ ।”

प्रचण्डले भारतमा बसेर नेपालीको रगत बगाएको पनि उनले आरोप लगाए । भारतसामु प्रचण्डले बिन्ति पत्र हालेर नेपाललाई गुलाम बनाइदिएको उनको दाबी छ ।
लेखक समेत रहेका रायमाझीले भने,“भारतमा बसेर नेपाली जनता मार्दा पनि क्षमा भयो,उहाँलाई कुनै किसिमको अपराधको दण्ड दिइएन । ती अपराधमा रंगिएका हातहरुलाई नेपाली राजनीतिमा काधमा बोकेर ल्याए ।”

प्रधानमन्त्री प्रचण्डको नाटकमा अब केपी शर्मा ओली र रवि लामिछाने पनि अभिनय गर्न पुुगेको उनले टिप्पणी गरे । ओली र लामिछाने समुहले सत्ताको बल्छी थापेर बसेको भन्दै उनले उनीहरुको सत्ता समिकरणमा छरछिमिकीले पनि मलजल गरेपछि प्रचण्डलाई फेरी राहत भएको उनको भनाइ थियो ।

नयाँ सत्ता समिकरणबारे असन्तुष्टि व्यक्त गर्दै रायमाझीले भने,“एमालेको धन्दा पनि सबैले देखेका छन्,केपी ओलीको नाटक पनि सबैलाई थाहा छ । केपी कस्ता मान्छे हुन् ? भन्ने पनि जनताले बुझिसकेका छन् । भने उहाँबाट के अपेक्षा राख्ने ? जनतालाई फेरी भ्रममा पार्ने, पात्र त्यही हुन्,प्रवृति त्यहि हो,संस्कार त्यँही हो,व्यवस्था त्यही हो भनेपछि यो अवस्थामा नेपाली जनताले चाहेको जस्तो परिवर्तन त सम्भावना नै छैन् ।”

गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको मुद्दा रहेको भन्दै अब उनले आफ्नै पार्टीका,सत्ताकै कयौं नेताहरुलाई जेल हाल्न सक्नुपर्ने धारणा राखे ।
“अब उनको पनि त्यस्तो खालको तमासा हामी नेपाली जनताले हेर्दै जानुपर्छ ।”–उनले भने ।

 

प्रतिक्रिया