१० मंसिर २०८१, सोमबार | November 25, 2024

प्रचण्डले विश्वासको मत पाउलान् ?


830
Shares

काठमाडौं, २४ फागुन । नयाँ सत्ता गठबन्धनमा सामेल चार दलका शीर्ष नेताहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने प्रचण्ड सरकार बहुमतको छ । तर, सरकारमा सामेल दलको सांसद संख्या गणना गर्ने हो भने यो सरकार मुमा मुश्किलले बहमुतमा छ । नयाँ गठबन्धनमा हस्ताक्षर नगरी सरकारमा सामेल नेकपा एसको पनि कुनै भरोसा छन् । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन सक्लान् या नसक्लान् ? चासो बनेको छ ।

सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी रहेका छन् । प्रतिनिधिसभामा बहुमत १३८ को समर्थन हुनुपर्नेमा यी चार दलको साथ पाउँदा बहुमत पुग्छ । जसपा नआएर नेकपा एस मात्र आउँदा पनि बहुमत पुग्छ । तर, एसका अध्यक्ष माधवकुमार नेपाल चुप लागेर बस्ने अवस्था छ ।

बुधबारको राजनीतिक घटनाक्रमले जसपा सरकारमा जानबाट रोकिएको छ । जसपा सरकारमा नगएपछि प्रचण्ड झस्किएका छन् । नेकपा एमालेले आकर्षक मन्त्रालयमा दाबी नै गरेन । यो पनि रोचक पक्ष हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा कुनै हालतमा प्रचण्डले विश्वासको मत पाउन नसक्नेमा ढुक्क छन् । नयाँ सरकारमा नेकपा एस र जसपामात्र समर्थन नगर्ने पक्षमा पुगेमा खेल उल्टनसक्छ । त्यतिबेला एमाले, माओवादी र रास्वपा सरकारबाट बाहिरिने सम्भावना रहन्छ ।

प्रतिक्रिया