१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राजेन्द्र महतोले किन छाडे लोसपा


February 26, 2024
1.1k
Shares

काठमाडौं, १४ फागुन । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर लोसपा परित्यागको घोषणा गरी नयाँ अभियानबारे जानकारी गराएका हुन् ।

महतोले राष्ट्रिय मुक्ति क्रान्ति नाम दिएर अभियान चलाउने र त्यसको तयारी भइरहेको बताए । उनले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग समेत गरेका छन् ।

लोसपा नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका महतोले विद्रोह गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनी मधेशको मुद्दामा कट्टर मानिन्छन् ।

२०७९ को संसदीय चुनावमा पराजित भएपछि महतो कमजोर देखिएका थिए । उनी लोसपाभित्र निर्णायक शक्ति नहरेपछि छटपटीमा थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया