३ आश्विन २०८१, बिहिबार | September 20, 2024

घूस खाने न्यायाधीशहरुको धमाधम जागिर चट्


February 25, 2024
11.1k
Shares

काठमाडौं, १३ फागुन । न्याय दिनुको साटो घूस खाएर फैसला गर्ने न्यायाधीशहरुको धमाधम जागिर जान थालेको छ । झगडियासँग विचौलियामार्फत् घूस लिएर फैसला गर्ने बदनाम न्यायाधीशहरुको जागिर जान थालेको हो ।

आइतबार बसेको न्यायपरिषद्को बैठकले न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सर्वोच्च अदालतलाई सिफारिश गरेको हो ।

निरौलाले काठमाडौं जिल्ला अदालतमा रहँदा अपहरण तथा फिरौती लिने नेपाली नागरिक दुर्गाबहादुर बुढाथोकीलाई भारतीय भनी सफाई दिएका थिए । निरौलाले पनि सुर्खेतको उच्च अदालतमा रहँदा थपलियाले विचौलियाको काम गरेका थिए । थपलिया तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट रही न्याय क्षेत्रमा लामो समय प्रभाव बनाएका थिए ।

कारबाही गरिनुअघि नै धनुषा जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराईले भने राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । भट्टराई पनि चोलेन्द्र शमशेर जबराका विश्वासपात्र मानिन्छन् ।

घूस लेनदेनको अडियो प्रकरणमा विवादित न्यायधीश राजकुमार कोइरालाले भने जागिर गुमाउनु परेन । उनलाई भने सचेत मात्र गराइएको छ । कोइरालाले कुराकानी गरेको तर घूस नलिइएको जिकिर न्यायपरिषद्को छ ।

प्रतिक्रिया