६ आश्विन २०८१, आइतबार | September 22, 2024

रुस-युक्रेन युद्धको तेस्रो वर्षः युद्ध कस्ले जित्ला ?


February 24, 2024
415
Shares

एजेन्सी, १२ फागुन । दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । युद्ध अझै रोकिने छाँटकाँट छैन ।

रुसले युद्धका कारण विभिन्न देशको आयातनिर्यात प्रतिबन्ध भोगिरहेको छ । युक्रेन भने रुसलाई युद्ध जित्न नदिन सहयोगको याचना गरिरहेको छ ।

अमेरिकाले युक्रेनलाई युद्धमा साथ दिदै आएको छ । कतिपय पश्चिमा देशले त युक्रेनलाई खुलेआम साथ दिइरहेका छन् । युक्रेनको सत्ताधारीले पनि अमेरिकी सहयोगविना युद्ध जित्न नसक्ने बताइरहेका छन् ।

रुसले भने पछिल्लो समय युक्रेनलाई युद्धमा कमजोर पार्दै लगेको छ । कतिपय भूभागमाथि आधिपत्य जमाएको छ ।

रुस आणविक शक्तिसम्पन्न देश भएकाल्े पनि युक्रेनलाई कठिन छ । सोभियतसंघको राज्य युक्रेनलाई रुसले आफ्नो प्रभावक्षेत्र बनाउन खोजेको छ । युक्रेन भने नाटो सदस्य राष्ट्र बन्न खोज्यो । त्यसपछि पुटिनले युक्रेनमाथि हमला गर्न आदेश दिए ।

प्रतिक्रिया