६ आश्विन २०८१, आइतबार | September 23, 2024

पश्चिमा मिसनसँग यसकारण मिल्छ रवि लामिछानेको मिसन


February 23, 2024
498
Shares

काठमाडौं, ११ फागुन । रवि लामिछानेले दल खोल्दा झण्डा र चुनाव चिन्हमा धेरैको चासो थियो । उनको दलको झण्डाको रङ्ग र तारा यूरोपियन युनीयनको झण्डासँग मिल्दोजुल्दो छ ।

लामिछानेको दलभित्र जे जस्ता एजेन्डा बाहिर आउन थालेको छ त्यो ठ्याक्क पश्चिमा मिसनसँग मिल्दोजुल्दो छ । लामिछानेको दलभित्रबाट धर्मनीरपेक्ष र हिन्दुवादी विरोधी एजेन्डा सार्वजनिक भइसकेको छ । स्वर्णिम वाग्लेले रास्वपामा हिन्दुवादी नअटाउने भनिसकेका छन् ।

लामिछानेको दलकी सांसद सुमना श्रेष्ठले बालबालिकाले स्वस्थानी ब्रतकथा पढेको तस्बीर राखेर विरोध गरेकी छिन् । उनले शैक्षिक क्षेत्रमा जे जस्ता एजेन्डा उठाइरहेकी छिन् त्यो पश्चिमा मिसनसँग मेल खान्छ । उनी लामो समय पश्चिमाहरुसँग जोडिएर काम गर्दै आएकी हुन् ।

रास्वपा सांसद सोभिात गौतम समलिङ्गि विवाह दर्ताको सुनिश्चितताका लागि लबिङमा लागेकी छिन् । अमेरिकी राजदूतले खुलेरै यस्तो कदमको समर्थन गर्दै आएका छन् ।

पछिल्लो समय लामिछानेसँग अमेरिकी र यूरोपेली अधिकारीहरुले भेटघाट गर्दै आएका छन् । यूरोपेली युनीयनकी राजदूतले त हालैमात्र भेटेकी छिन् ।

लामिछानेको मिसन र पश्चिमाहरुको मिसन मिल्दोजुल्दो छ । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया