४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

फाष्ट ट्रयाकको प्रचारवाजीले जग्गा व्यवसायीको दौडधूप


February 19, 2024
747
Shares

काठमाडौं, ७ फागुन । काठमाडौं-तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको प्रचारवाजीले जग्गा व्यवसायीको दौडधूप त्यस क्षेत्रमा बढेको छ । फाष्ट ट्रयाक नबन्दै सडक छेऊछाऊ पर्ने जग्गा व्यवसायीले किनेर राखेका छन् । कतिपय व्यक्तिले पनि लगानी गर्ने उद्देश्यले जग्गा किनेका छन् ।

फाष्ट ट्रयाकको सुरुङमार्ग र पुल निर्माणको प्रचारवाजीले जग्गा व्यवसायी झन् सक्रिय भएका छन् । फाष्ट ट्रयाकको सुरुङमार्ग र अग्ला पुलहरु निर्माण भइरहेको छ । तर, निर्माण ३० प्रतिशतमात्र सकिएको छ ।
फाष्ट ट्रयाकको निर्माण अवधि थपिएको छ । तर, यही गतिमा बढेमा अझै ५ वर्षभन्दा बढी समय लाग्नसक्छ ।

फाष्ट ट्रयाक जोडिएका बारा र मकवानपुरमा जग्गा किनबेच बढेको बुझिएको छ । पछिल्लो समय सीमरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्ने पहल भइरहँदा त्यस क्षेत्रमा पनि जग्गा किनबेच बढेको छ ।

जग्गा व्यवसायीहरु सीमरा र हेटौंडा क्षेत्रतर्फ बढी केन्द्रित भएका छन् । विगतमा काठमाडौं केन्द्रित जग्गा व्यवसाय बारा, पर्सा र मकवानपुरमा बढी देखिन थालेको छ ।

प्रतिक्रिया