४ पुस २०८१, बिहिबार | December 19, 2024

एनसेल कर छली मिलाउन भूपेन्द्र भण्डारीको नियुक्ति


February 18, 2024
2.9k
Shares

काठमाडौं, ६ फागुन । एनसेल कर छली मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणमा भूपेन्द्र भण्डारीको नियुक्ति भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

भण्डारीलाई सञ्चार मन्त्रालयमा विज्ञका रुपमा योजनावद्ध तरिकाले प्रवेश गराइएको थियो । उनी विगतमा एनसेलसँग जोडिएका व्यापारीको निकट रहेर काम गरिसकेका पात्र हुन् । भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईँ राजबहादुर सिंह र व्यवसायी उपेन्द्र महतोसँग नजिक रहेर काम गरेका थिए । उनको एनसेल सञ्चालकहरुसँग पनि निकट सम्बन्ध रहेको छ ।

भण्डारीलाई नियुक्त गर्न मन्त्री शर्माका पति कृष्णध्वज खड्का समेत लागेका थिए । उनलाई नियुक्ति गर्नकै लागि कार्यविधि समेत परिवर्तन गराइएको थियो ।

विश्वस्त स्रोतका अनुसार एनसेलको कर छलीको कागजात मिलाउनकै लागि उनलाई ल्याइएको हो । यसअघि पुरुषोत्तम खनालले शेयर खरिदसम्बन्धी छापसहितको कागजात मागेपछि उनलाई राजीनामा दिन वाध्य पारिएको थियो ।

प्रतिक्रिया