३१ भाद्र २०८१, सोमबार | September 17, 2024

यी हुन् काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधर केन्द्रीय सदस्य


February 17, 2024
3.3k
Shares

काठमाडौं, ५ फागुन । नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । काँग्रेसको ७ फागुनबाट ललितपुरमा हुने महासमिति बैठकमा छलफलका लागि २२ जना केन्द्रीय सदस्यहरुले वैदिक सनातन हिन्दूधर्मको पक्षमा प्रस्ताव पेश गरेका छन् ।

केन्द्रीय समितिमा महासमितिका लागि प्रस्तुत गर्न राजनीतिक दस्तावेजहरुमा छलफल भइरहँदा पूरक प्रस्तावका रुपमा प्रस्तुत गरिएको हो ।

वैदिक सनातन हिन्दूधर्मको पक्षमा प्रस्ताव पेश गर्नेमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंग बहादुर सिंह, सीता कुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौला छन् ।

वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनेमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षधर दुवैका छन् । तर, प्रकाशमान सिंह र गगन थापा पक्षधर कोहीपनि केन्द्रीय सदस्य हिन्दु धर्मको पक्षमा उभिने हस्ताक्षरकर्ता छैनन् । तर, सिंह पक्षधर नेता लोकेश ढकाल यो अभियानमा सक्रिय छन् ।

काँग्रेसभित्र हिन्दू धर्मको पक्षमा उभिनुपर्नेमा डा. शशांक कोइरालाले बोल्दै आएका छन् । सभापति देउवाले पनि यो मुद्दामा लचिलो हुन सकिने बताइसकेका छन् । देउवा पक्षधर एनपी साउद र शेखर पक्षधर चन्द्र भण्डारी पनि हिन्दूराष्ट्रको पक्षमा छन् । बालकृष्ण खाँण पनि यो मुद्दामा लचिलो बनेका छन् ।

काँग्रेसभित्र वैदिक हिन्दु धर्मको विपक्षमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा खुलेका छन् । उपसभापति पूर्णबहादुर खड्का मौन छन् ।

प्रतिक्रिया